संक्रमितको संख्या ह्वात्तै घट्यो, यस्तो छ आजको संक्रमितको संख्या



काठमाडौ । दिनहुँ १० हजार माथि नयाँ संक्रमित थपिदै गएको अवस्थामा शुक्रवार भने त्यो संख्या केही घटेको छ । शुक्रवार पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोभिड भाइरस को संक्रमण पुष्टि भएको छ । कोभिडका कारण १० जनाको मृत्यु भएको छ । विहिवारको तुलनामा मृत्यु हुनेको संख्या पनि घटेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । अघिल्ला दिनका तुलनामा शुक्रवार परिक्षण गरिएको संख्या पनि कम देखिएको हो । यसवाट संक्रमण दर भने नघटेको देखिन्छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोभिड संक्रमण मुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोभिड संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोभिडका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्