गाउँपालिकावाट चोरी भयो ५३ लाख रुपैया, वडा सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मु द्दा दर्ता



काठमाडौ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँ भन्दा बढी चोरी भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मु द्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मु द्दा दायर गरेको हो । पञ्चकन्या गाउँपालिका(२ की वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मु द्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

२४ चैत २०७७ मा हिमालयन बैंकको त्रिशुली शाखाबाट झिकेको सामाजिक सुरक्षा भत्ताअन्तर्गतको ५० लाख रुपैयाँसहितको ५३ लाख रकम हराएको थियो। वडासचिव राउत सहितले उक्त रकम चोरी भएको बताउँदै आएका थिए। स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरेर कुनै तथ्य फेला नपारेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत अनुसन्धान गरेको थियो।

प्रहरीको अनुसन्धान निष्कर्षमा नपुगेपनि अख्तियारले भने रकम हराएको (चोरी भएको) घटनामा वडासचिव राउतसहित ३ जनाको भूमिका शंकास्पद देखिएकाले उनीहरुको संलग्नता रहेको निष्कर्षसहित भ्रष्टाचार मु द्दा दर्ता गरेको हो।

अख्तियारले तीनै जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गरी मु द्दा दायर गरेको छ। उनीहरुलाई ऐन अनुसार बढीमा ८ वर्षसम्म कै द सजाय मागदाबी गरेको छ। वडासचिव राउतलगायतले रकम हराएको बारेमा प्रहरीमा उजुरी नगरेको र कार्यालयबाट हराएको बताए पनि कुनै तो ड फो ड नभएको, पैसा राखिएको दराजको चाबी सरिता र रामकुमारसँग रहेको र ढोकाको चाबी निलप्रसादसँग रहेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उक्त घटनामा पैसा हराएको भनिए पनि सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको अख्तियारको भनाइ छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्