डिनर डेटमा रहेकी पलक तिवारी क्यामेरासंग लुकेपछि रिसाए सैफ अलि खानका छोरा इब्राहिम, भिडियो भाइरल भएपछि बढ्यो दूरी




एजेन्सी । हालै सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खान पलक तिवारीसँग मुम्बईको एक रेष्टुरेन्टमा देखिएका थिए । जब डिनर डेट पछि पापाराजीले उनीहरुलाई देखे, दुबै क्यामेराबाट टाढा रहन खोजे । अब भिडियो सार्वजनिक भएर भाइरल भयो दुवैले एकअर्काबाट दूरी कायम गर्ने निर्णय गरेको खबर आएको छ ।

बलिउड लाइफको भर्खरैको समाचार अनुसार, पलकले आफ्नो अनुहार लुकाएपछि इब्राहिमलाई यो मन परेन । पलकले त्यस्तो गरेका कारण भिडियो थप भाइरल भएको उनको अनुमान छ । पलकको त्यस्तो ब्यवहारले उनलाई ल ज्जि त हुनुपरेको थियो । दुवैको यो पहिलो सार्वजनिक भेट थियो र पलकले पापाराजीको अगाडि गरेको प्रतिक्रिया उनीहरुलाई मन परेन ।

भिडियो भाइरल भएपछि एकअर्कालाई सम्पर्क गरेनन्
भारतीय मिडियाको समाचारमा विश्वास गर्ने हो भने, यसरी भिडियो भाइरल भएपछि पलक पनि ल ज्जि त छिन् र त्यसपछि दुवैले एकअर्कालाई सम्पर्क गरेका छैनन् । दुईजना साथी भएकाले स म्ब न्ध टुटेको भन्न हतार हुन्छ । दुवैले एकअर्कालाई मन पराए पनि अब भिडियो सार्वजनिक भएपछि उनीहरुले एकअर्कासँग दूरी कायम गरेका छन् ।

स्टारकिड्सले बलिउडमा आफ्नो स्थान बनाइरहेका छन्
इब्राहिम अली खान चाँडै बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । हाल उनी करण जोहरको आगामी फिल्म रकी और रानी की प्रेम कहानीमा सहायक निर्देशकको रुपमा काम गरिरहेका छन् । उता पलक तिवारीले आफ्नो गीत बिजलीबाट निकै तारिफ बटुलिरहेकी छिन् । पलकको डेब्यु फिल्म रोजी हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्