दोलालघाटबाट रहस्यमय ढंगले बेपत्ता भएकी सिर्जना यस्तो अबस्थामा भेटिईन



काभ्रेको दोलालघाटबाट हराएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । यहि माघ २ गते बाट सुनकोशी नदि दोभानमा बाहिरी बस्त्र छाडेर बेपत्ता भएका पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की

सिर्जना भण्डारी कोइरालामध्ये नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइरालाको शव भेटिएको हो । उनको शव आज सिन्धुलीको झाँगाझोलीमा फेला परेको हो । स्थानीयबासीले एक महिलाको शव देखेको खबर थाहा पाएपछि सिन्धुली प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई

जानकारी गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिए ।खतिवडाका अनुसार उनका श्रीमानले उक्त शव आफ्नी पत्नीको भएको भनी स’नाखत गरेपछि अहिले शवलाई पो’स्ट’मार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

त्यस्तै, दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ । आज दिउँसो नुहाउनका लागि नदीमा गएका व्याँस गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरका उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

खलङ्गाको बङ्गाबगडमा महाकालीमा बगेका ती युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । “उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौँ,” उहाँले भन्नुभयो, “अस्पतालले मृत घोषणा गरिसकेको हो ।”

कुँवर महाकाली नदीमा बगेपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो । महाकाली नगरपालिका–४ मा उनी कोठा भाडामा लिएर बस्दै आएका थिए । कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलङ्गा आएको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्