स्काभेटर भाँ’चिएपछि एक मजदुर १ सय ६० मिटर भन्दा तल सुरुङमा खसी वेपत्ता




सोलुखुम्बु १४ माघ । सोलुखुम्बुमा निर्माणाधीन दूधकोशी जलविद्युत आयोजनाको सुरुङ मार्गमा स्काभेटर भाँ’चि’एपछि एक जना मजदुर वेपत्ता भएका छन् ।

स्काभेटरले सुरुङ मार्गमा पेनस्टक पाईप लैजाने क्रममा स्काभेटर नै भाँ’चि’एपछि बकेटमा रहेका बाराको कोलभी नगरपालिकाका २४ बर्षिय राकेश चौधरी सुरुङभित्र ख’से’र बेपत्ता भएका हुन् ।

चौधरी १ सय ६० मिटर भन्दा तल ख’सेको अनुमान गरिएको छ । दुर्घटनामा अर्का मजदुर पर्सा पटेरवा गाउँपालिकाका २० बर्षिय अंगत राय थारुको घाइते भएका छन् ।

उनको त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ । उनको काठमाडौं स्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

वेपता चौधरीको खोजी कार्य भइरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्