H#JG^*8XPo32Fd

अन्ततः काठमाडौं उपत्यकामा सवारीसाधनमा हट्यो जोर-बिजोर प्रणाली




काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर-बिजोर प्रणालीलाई हटाएको छ।

उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसेको बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। शुक्रबार राति १२ बजेदेखि नै यो आदेश लागु हुनेछ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय भएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

‘जिल्ल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले आफैं पनि जोर–बिजोर हटाउन सक्छ,’ उनले भनिन्, ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले हामीले मन्त्रिपरिषदमा सिफारिस गरेका हौं ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने लागु गरिने बताए।

‘सार्वजनिक सवारी साधनमा हट्यो। निजी र ट्याक्सीमा बाँकी छ,’ उनले भने,‘अहिले संक्रमणको दर घटिरहेको अवस्था पनि छ। नागरिकहरूको केही गुनासो पनि भएको हुनाले हामीले यस्तो निर्णय गरेका हौं।’ यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्