आफैले लगाएको निर्णय उल्ट्याउँदै आज राति १२ बजे देखि लागु हुनेगरी सरकारले लगायो काठमाडौं उपत्यकामा नयाँ नियम !



स्वास्थ्यसम्बन्धी विज्ञ र सर्वसाधारणले चर्को विरोध गरेपछि सरकारले काठमाडौं उपत्यकामा लागु गरेको जोरबिजोर नियममा परिमार्जन गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले सार्वजनिक सवारी साधनमा जोरबिजोर नियम हटाउने भएको हो ।

उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसेको बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। शुक्रबार राति १२ बजेदेखि नै यो आदेश लागु हुनेछ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने लागु गरिने बताए। ‘सार्वजनिक सवारी साधनमा हट्यो। निजी र ट्याक्सीमा बाँकी छ,’ उनले भने,‘अहिले संक्रमणको दर घटिरहेको अवस्था पनि छ। नागरिकहरूको केही गुनासो पनि भएको हुनाले हामीले यस्तो निर्णय गरेका हौं।’

यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ । त्यसैअनुसार उपत्यकामा सो नियम लागु गरिएको हो।

यस्तै सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।

उनका अनुसार भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।

यस्तै संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ। बुधबार बसेको सीसीएमसीसीको बैठकले यी क्षेत्र माघ मसान्तसम्मै बन्द गर्ने निर्णय गरेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्