काठमाडौंमा सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर, यस्ता व्यवसायहरु पनि पूर्णरुपमा बन्द गर्ने सरकारको आदेश [आदेशसहित]



काठमाडौं : काठमाडौंमा जोर बिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन् ।

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।

यस्तै सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।

उनका अनुसार भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।

यस्तै संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ। बुधबार बसेको सीसीएमसीसीको बैठकले यी क्षेत्र माघ मसान्तसम्मै बन्द गर्ने निर्णय गरेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्