द भ्वाईस किड्सकी टेरेसा बिश्वकर्मा र उनको आमाको पहिलो गीत रेकर्ड भएको छ । शिशिर भण्डारीले आफ्नो शव्द सँगीतमा गीत तयार पार्दै यो परिवारको सपना पुरा गरेका हुन् । गीत रेकर्ड भएसँगै टेरेसा निकै खुशी भईन्, यता पहिलो पटक गीत रेकर्डिँग स्टुडियो देखेकी टेरेसाको आमा शिवाले पनि आफुलाई सुरुमा डर लागेको तर पछि राम्रो गाउन सकेको बताउँदै शिशिरलाई धन्यवाद दिईन् । टेरेसाले आफुलाई गीत निकै रामे लागेको बताउँदै शिशिरलाई अँकल भन्दै आभार प्रकट गरिन् ।
टेरेसाको बुवालाई बिगत केहि महिनादेखि कानमा समस्या छ । उनको बुवाले आफ्नो श्रमिती र छोरीको पहिलो गीत सुन्न पाएनन् । का फिटिक्कै नसुन्ने बुवा राम बहादुर बिश्वकर्माले गीत रेकडए भएसँगै आफुलाई खुशी लागेको बताए भने गीत सुन्न नपाउँदा निकै दुख लागेको बताए । गीतको शव्द हेरेर आफ्नै जीवनसँग मेल खाने रहेको महसुस गरेका राम बहादुरको उपचारका लागि शशिरि भण्डारीले सहयोगीहरुबाट प्राप्त रु २० हजार सहयोग पनि बुझाए । टेरेसा भने गीत रेकर्ड पछि यसरी नाचिन् । भिडियो हेर्नुस