ओमीक्रोन सन १९१८ मा ५ करोडको ज्या’न लिने फ्लूजस्तै




ओमीक्रोन भेरियन्ट आएसँगै आएको कोरोना महामारीको लहर सन १९१८ मा आएको फ्लूको महामारी जस्तै रहेको जानकारहरुले बताएका छन् । ओरिगन स्टेट युनिभर्सिटीका इतिहासका प्राध्यापक क्रिटोफर म्याकनाइट निकोलसले एक लेखमार्फत एक शताब्दी पहिलाको महामारीबारे चर्चा गर्नुभएको छ । ४ दिनअघि वासिङटन पोस्टमा प्रकाशित लेखमा निकोलसले विश्वले एक शताब्दीपछि एउटै खालको महामारीको सामना गरिरहेको बताउनु भएको छ।

निकोलसका अनुसार उक्त फ्लू सन १९१८ को फेब्रअरीमा अमेरिकाबाट सुरु भएको थियो । त्यतिबेला पहिलो विश्वयुद्ध चलिरहेको थियो । विश्वयुद्धका कारण फ्लू विश्वभर फैलिएर महामारीको रुप लिएको थियो । त्यतिबेला पनि सुरुमा त्यस फ्लूले चलायमान हुने युवा समूहमा आक्रमण गरेको थियो।

अमेरिकाको कन्सास राज्यमा रहेको फुनस्टन सैन्य क्याम्पमा बनाइएको अस्थायी अस्पतालमा एन्फ्लूएन्जाका बिरामीहरु ।

६ महिनामा लगभग विश्वभर फैलिएको थियो । हावाबाट सर्ने यो फ्लूको लक्षण पनि कोरोनाको जस्तै ज्वरो आउने, रुघाखोकी नै थियो। यसलाई इन्फ्लुएन्जा महामारीको नाम दिइकएको थियो । अहिलेको ओमीक्रोन जस्तै मृत्युदर कम तथा एकदमै छिटो फैलने खालको थियो। अमेरिकीले यसलाई सामान्य सम्झेर लापरवाही गर्दा धेरै क्षति भएको थियो ।

प्राध्यापक निकोलसका अनुसार १९१८ को अक्टुबरमा यसको खतरनाक भेरियन्ट देखा पर्यो । यसले अमेरिकामा मात्रै १ महिनामा २ लाख मानिसको ज्यान लियो । सन १९१९ सुरु भएसँगै यसको कमजोर भेरियन्ट आएपछि फ्लू घटेर गयो । तर इन्फ्लुएन्जा संक्रमण अहिले पनि हुने गर्छ । यसलाई समान्य रोग मान्न थालिएको छ ।

यो महामारीले संसारभर करिब ५ करोेड व्यक्तिको मृत्यु भएको थियो । यस महामारीबाट ६ लाख ७५ हजार अमेरिकीले ज्यान गुमाएका थिए ।

महामारीमा गरेजस्तै अमेरिकामा उक्त फ्लू संक्रमण रोक्न भीडभाड हुने सार्वजनिक स्थल बन्द गरिएको थियो । बाहिर अनिवार्य मास्क लगाएर हिड्नुपर्ने नियम बनाइएको थियो । मास्क नलगाउनेलाई सजाय पनि गरिएको थियो । सामाजिक दूरी बनाउने, संक्रमितलाई आइसोलेट गरेर राख्ने गरिएको थियो।

फ्लुविरुद्ध खोप बनाउने प्रयास भएपनि वैज्ञानिकहरु त्यसमा सफल भएनन् । विस्तारै फ्लू सामान्य बन्दै गयो ।अहिले सम्म जसरी फ्लूको भाइरस संसारमा कायम छ । त्यसैगरी कोरोना भाइरस पनि कहिल्यै नहराउने तर्क निकोलसको छ । कोरोना भाइरस पनि विस्तारै सामान्य बन्दै जाने उहाँको भनाइ छ ।

अ’त्याधिक छिटो फैलने र कम धातक देखिएको ओमीक्रोनकै कारण कोरोना महामारीको अन्त्य हुने तर्क विज्ञहरुले यसअघि नै गरेका छन्।त्यो तर्कमा प्राध्यापक क्रिटोफर म्याकनाइट निकोलस पनि सहमत हुनुहुन्छ । उहाँले ओमीक्रोनलाई धन्यवाद समेत भन्नुभएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्