रुक्सना लिम्बुलाई पथरीमा चुम्लुङद्वारा सम्मान, पथरीमै दुई वटा गीत गाउने अवसर




पथरीकिरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर शाखाले नेपालको पहिलो रियालिटी शो द भ्वाइस किड्सको फाइनलिष्ट रुक्साना लिम्बुलाई सम्मान गरिएकोछ।बुधबार
सिरिजंगा धार्मिक वनको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी चुम्लुङले सम्मान गरेको हो । चुम्लुङ नगर शाखा अध्यक्ष पर्शुराम चोङ्वाङ लिम्बु र सचिव प्रेमबहादुर पङ्याङ्ग लिम्बुले

रुक्सनालाई सम्मान–पत्र र दोसल्लाले सम्मान गरेको थियो ।यस अघि द भ्वइस किड्स प्रतियोगी रुक्साना लिम्बूलाई विजेता बनाउन चुम्लुङ शाखा पथरीले अभियान मार्फत २८ हजार संकलन गरी रुक्सनाकी आमा रेखा लावतीको बैङ्क एकाउण्ड खातामा जम्मा गरिदिएका थिए । शाखाले अभियान मार्फत विभिन्न सङ्घसंस्था, शुभेच्छुक र मनकारी व्यक्तिहरूबाट दुई दिनमा सहयोग संकलन गरी पठाएको चुम्लुङका सचिव प्रेम पयाङ्गुले बताए ।

सम्मान कार्यक्रम पछि मौसम परिवर्तन याक्थुम्बाले शुभकामना मन्तव्य राखेका थिए । सम्मान लिदै रुक्सनाले कार्यक्रममा, खेस्सेम्पे मन त मेरो नेपाली हो, किन बढ्दैछ ढुकढुकी, यो मन त मेरो नेपाली हो, हिजो आज तिम्रो मेरो‘ लगायतका गीतहरु गाएकी थिइन् । सम्मान कार्यक्रममा गायक तथा सङ्गीतकार देव गुरुङ, गायक तथा म्युजिक डाईरेकटर ताराबिर पाण्डे, गायक नन्दु गुरुङ, गायक सन्दिप राई लगायतको उपस्थिति रहेको थियो ।

रुक्सनालाई पथरीमा दुई वटा गीत गाउने अवसर
रुक्सना लिम्बुले पथरीमा दुई वटा गीत गाउने अवसर मिलेको छ । पथरीशनिश्चरे नगरका गायक तथा सङ्गीतकार देवीप्रसाद गुरुङको सङ्गीतमा रहेको ‘किन यति धेरै माया बसेको’ बोलको गीत रुक्सनाले गाउने भएकी छिन् । त्यसै गरी गायक तथा म्युजिक डाईरेकटर ताराबिर पाण्डेको ‘तिम्ले खुसी मारेर गयौ’ बोलको गीत रुक्सनासँग गाउने कुरा कार्यक्रम मार्फत जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै सङ्गीतकार गुरुङले, रुक्सानाको उज्वल भविष्यको कामना गर्दै नन्दु गुरुङसँग डोयट गीत गाउने कुराको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्