पब्जीको लतमा फसेका १४ वर्षीय बालकले गरे आफ्नै आमा, दाजु र दुई दिदीको ह’ त्या



पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमा, एक दाजु र दुई दिदीको ह’त्या ग’रे’का छन् । उनले पब्जी खेलको प्रभावमा परिवारका सदस्यको ह’त्या ग’रे’को प्रहरीले जनाएको छ ।

राजधानी लाहौरका प्रहरीले शुक्रबार एक परिवारका सदस्यको श’व फेला परेको जानकारी दिएका हुन् । प्रहरीका अनुसार अघिल्लो हप्ता का’हना इलाकामा स्वास्थ्यकर्मी ४५ वर्षीया नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर, १७ र ११ वर्षीया छोरीको श’व भेटिएको हो ।

प्रहरीका अनुसार नाहिदका १४ वर्षीय छोरा भने सु’रक्षित थिए । तर, उनी नै ह’त्यारा निस्किए । प्रहरीका अनुसार उक्त १४ वर्षीय बालक पब्जी खेलको ल’त लागेको थियो । उनले खेलकै प्र’भावमा आमा र परिवारका अन्य सदस्यको ह’त्या ग’रे’को स्वीकार गरेका छन् ।

लामो समयसम्म लगातार अनलाइन खेलले उनमा मनोवैज्ञानिक समस्या उत्पन्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले नाहिद मु’बारकको सम्बन्धविच्छेद भएको र उनका १४ वर्षीय छोरा पढाइ छोडेर दिनभर पब्जी खेल्नमा व्यस्त रहने भएकाले उनका मानसिक चोक पुगेको हुनसक्ने बताएको छ ।

दिनभर पब्जी खेल्ने गरेकाले आमाले गा’ली गरेपछि आलमारीमा भएको आमाको पे’स्तोल निकालेर उनले सबै परिवारका सदस्यको ह,’त्या गरेका थिए । प्रहरीका अनुसार अर्को दिन बिहान उक्त बालक चि’च्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बालकले आफू माथिल्लो तल्लामा भएकाले परिवारका सदस्यको ह’त्या भएको कुनै जानकारी नभएको बताएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्