पोर्चुगलमा एक नेपाली युवकद्वारा देहत्याग



यूरोप । पोर्चुगलमा एकजना नेपाली युवाले देहत्याग गरेका छन्। उनले रुखमा झु न्डि एर देहत्याग गरेको बताइएको छ। आफु बस्ने भन्दा केही परको स्थानमा गएर डो रीले रु’खमा झु न्डि एको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।

सुदुरपश्चिम प्रदेश,कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका -६ का करिब ३८-३९ बर्षका तर्कराज भट्टले आज बिहान पोर्चुगलको आल्बुफेइरा नजिकै गिआ भन्ने ठाउँमा रु’खमा झु न्डि एर देहत्याग गरेको भेटिएको छ।

उनी सोही एरियामा एउटा कृषि कम्पनीमा काम गर्थे। अहिले उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि हस्पिटल लगेको उनीसंगै एउटै कोठामा बस्ने साथी भीम भट्टले जानकारी दिए।

उनी पोर्चुगल आएको गत डिसेम्बरबाट ३ बर्ष लागेको थियो। उनको मृत्युले नेपाली समुदाय थप चिन्तित बनेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे । उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए । उनका एक छोरा र श्रीमती छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्