मोटरसाइकल दुर्घटनामा परि दाजुभाईको निधन



काठमाडौ : एउटै मोटरसाइकलमा सवार घर फर्कदै गरेका दाजुभाईको बाटोमै निधन भएको छ । ब्यवसायको काम सकेर घर फर्किदै गर्दा दाजुभाई सवार मोटरसाइकल दुर्घटनामा हुदा उनीहको निधन भएको हो । कलैया वीरगन्ज सडक खण्डको सिसहनीयास्थित विजय आयलस्टोर छेउमा बुधबार राति जिपले मोटरसाइकललाई ठ’क्क’र दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको दुर्घटनामा निधन भएको हो । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका क्रममा निधन भएको हो । दुर्घटना पछि दुवै जनालाई उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु सहोदर दाजुभाई भएको प्रहरीले जनाएको छ । दुवै जना सिसहनीयास्थित आफ्नो राइसमिलबाट कलैयामा रहेको घरतिर फर्किँदै थिए ।

सिसहनीयाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाई चढेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट सिसहनीया तर्फ जाँदै गरेको भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपले ठ’क्क’र दिएको थियो । जिप चालक फ रा र छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्