राजेश हमालको यस्तो नयाँ लुकले दर्शकलाई खुल्दुली, प्रियानाले खोलिदिइन् रहस्य



काठमाडौं । अभिनेता राजेश हमाल सामाजिक सञ्जालमा निकै सकृय रहन्छन् । लकडाउनका समयमा उनले फेसवुक लाइभ मार्फत आफ्ना दैनिक कृयाकलाप र भनाई सार्वजनिक गर्थे । उनी पारिवारिक माहौलमा बसेर बनाएर धेरै भिडियो भाइरल भए । उनले सामाजिक उत्तरदायित्व पुरा हुने खालका सन्देश मुलक भनाई पनि राख्थे । शनिवार उनले इन्स्टाग्राम र फेसबुकमा सार्वजनिक गरेका तस्बिरहरुले भने उनका फ्यानहरुको मनमा खुल्दुली गराएको छ ।

उनले महाराजा शैलीमा बसेका केही तस्बिर सार्वजनिक गरेका छन् । तर त्यो कुन प्रशंग हो भन्ने खुलाएका छैनन् । उनकै पुरानो फिल्म बशन्ती मा लिएको शैली जस्तै देखिएकाले कतिपयले उनको फिल्मको नयाँ सिक्वेल हो की भन्ने आशंका पनि गरे । का लो लामो घुम्रेको जुँगामा निलो पहिरन र गरगहनासहित ‘महाराजा जस्ता देखिएका राजेशको ति तस्बिरमा धेरै प्रतिकृया आएका छन् ।

उनीसंगै महारानीकै अवतारमा सजिएकी प्रियाना आचार्य र अर्कोमा रातो पहिरनमा सजिएकी अभिनेत्री निरुता सिंह पनि छन् । यी फोटोसहित अभिनेता हमालले ‘कमिङ सुन’ (प्रतीक्षा गर्नुहोला) भन्दै क्याप्सन दिएका छन् ।

लेख कार्की नामका एक फेसबुक प्रयोगकता लेख्छन्, “वसन्ती फिल्मको याद आयो फोटो देखेरै ।” विजय चाम्लिङ नामक अकाउन्टबाट लेखिएको छ, “यी तस्बिरहरूले मलाई तपाईंको ‘वसन्ती’ चलचित्रको याद आयो । सुन्दर थियो वसन्ती ।”

तर प्रियानाले भने सबै फ्यान र दर्शकको खुल्दुरी मेटाइदिएकी छन् । उनले यो म्युजिक भिडियोको तस्बिर भएको पुष्टि गरेकी छन् । हास्यटेलिशृंखला ‘भद्रगोल’बाट मुन्नी पात्रका रूपमा चर्चामा आएकी उनले करियर बनाउन संघर्ष गरिरहँदा राजेश हमाल र निरुता सिंहजस्ता दिग्गज कलाकारहरूसँग अभिनय गर्ने मौका पाउनु भाग्यको कुरा भएको बताइन् ।

“म मेरो करियर बनाउन स्ट्रगल गर्दै छु र यस्तो अवस्थामा महानायक राजेश सर अनि निरुता म्यामसँग स्क्रिन सेयर गर्न पाउनु भनेको मेरो करियरको लागि टर्निङ प्वाइन्ट पनि हो,” उनी भन्छिन्, “उहाँहरूको अभिनय हेरेर हुर्किएको आज उहाँहरूसँगै काम गर्ने मौका पाउनुलाई म लक्की फिल गर्छु । निरुता म्यामको ‘उडायो मेरो मखमली पछ्यौरी’ गीत आज पनि म उत्तिकै हेर्छु ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्