मोरङको उखुबारीमा श व फेला परेका दुई जना झण्डै एक महिना हराउँदा पनि परिवारले खोजेनन्




काठमाडौ । मोरङको उखुबारीमा श व फेला परेका दुई जनाको घटना किन भयो र कसले गरायो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले उँखु बारीमा केही दुरीमा गा डि एका अवस्थामा २ श व फेला पारेको थियो । प्रहरीले उत्खनन गरेर ति श व वाहिर निकालेको हो । उनीहरुको पहिचान खुलेको छ । प्रहरीले राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरी भएको जनाएको छ । उनीहरु दुवै जना जग्गा कारोबारी रहेको पनि खुलेको छ । उनीहरुले विभिन्न स्थानमा प्लटिङ गर्दै जग्गा विक्री गर्ने गरेका थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट दुवैको घटना जग्गा कारोबारका क्रममा आर्थिक लेनदेनमा वि वा द भई भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीको विश्वस्त स्रोतले बताए अनुसार आर्थिक लेनदेनको कोणबाट अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

४९ वर्षीय श्रेष्ठले साझेदारमा झापामा १८ बिघामा प्लटिङ गर्दै आएका थिए । उनी मंसिरको अन्तिम साता झापा पुगेका थिए । त्यहाँ वि वा द भएको भन्दै श्रेष्ठले परिवारलाई जानकारी दिएको खुलेको छ । तर, झण्डै एक महिना हराउँदा पनि परिवारले खोजखबर नगर्नुमा उनी विगतमा पनि महिनौं सम्पर्कमा नरहेर जग्गा कारोबारमा लाग्नु रहेको बुझिएको छ ।

शम्भु कोइराला सप्तरीको शम्भुनाथ नगरपालिका घर भई काठमाडौंमा बस्दै आएका थिए । श्रेष्ठ पनि सुनसरीको धरान नगरपालिका घर भई भक्तपुर बस्दै आएका थिए । दुवै एक महिना अघि साथमै पूर्वतिर पुगेको खुलेको छ ।

श्रेष्ठ र चौधरीको श व ३० मिटरको फरकमा उखुबारीमा भेटिएको थियो । चौधरीको पहिचान भने ढिलो भयो । श्रेष्ठको लाइसेन्सको आधारमा श व भेटिएलगत्तै पहिचान भएको थियो । दुवैको श व आफन्तले सनाखत गरिसकेका छन् ।

ज्या न गुमाएका श्रेष्ठ र चौधरीको घाँ टीमा डोरीका डा म रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई या त ना पनि दिएको हुनसक्ने बुझिएको छ । प्रहरी अभियुक्तको नजिक पुगिसकेको जनाएको छ । अनुसन्धान पुरा नभएका कारण प्रहरीले अहिले नै केही बताएको छैन । ठोस प्रमाणका आधारमा अभियुक्तलाई पक्राउ गर्ने प्रहरी सक्रिय रहेको बुझिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्