वरिष्ठ गायिका लता मंगेशकरका स्वास्थ्यका बारेमा अस्पतालवाट आयो यस्तो खबर



काठमाडौ । वरिष्ठ भारतीय गायिका लतामंगेशकर अस्पताल भर्ना भएको तीन साता भन्दा बढी हुन लागेको छ । आइसियुमा उपचारार्थ उनको स्वास्थ्यमा सुधार आएको भारतीय मिडियाले जनाएका छन् । उनको अहिले भेन्टीलेटर हटाइएको छ । तर उनी अझै आईसीयूमा रहेकी छन् ।

समाचारका अनुसार उनको कोभिड रिपोटसमेत नेगेटिभ आएको छ । ९२ वर्षीय लता मंगेशकर लक्षणसहित कोभिड सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।

अस्पतालका एसोसिएट प्रोफेसर डा। प्रतीत समदानीले न्युज एजेन्सीलाई भनेका छन्, ‘लता मंगेशकर दुई दिनदेखि भेन्टीलेटर बाहिर छिन् । तर अहिले पनि निगरानीमा छिन् । स्वास्थ्मा सुधार भएको कारण उनको भेन्टीलेटर हटाइएको हो । उनको उपचार अहिले पनि आइसीयुमा भइरहेको छ ।

भारत रत्न र दादा साहेब फाल्के जस्ता सम्मान हासिल गरेकी मंगेशकर भारतीय सिनेमाको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा १९४२ मा गरेकी थिइन् । उनले भारतका विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

उनका परिवारका सदस्यले भने दैनिक लताको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन आफुहरु असमर्थ रहेको बताएका थिए । उनीहरुले आफुहरुको गोपनियताको सम्मान गरिदिन पनि आग्रह गरेका थिए । अस्पताल भर्ना गरेको केही दिनमै कोभिड नेगेटिभ भएकी लताको स्वास्थ्यमा त्यसपछि पनि सुधार आएको थिएन । उपचारमा संलग्न चिकित्सकहरुले सबैलाई लताको लागि प्रार्थना गर्न आग्रह गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्