जसले नेकपा भंग गराएर ओली र प्रचण्डलाई फुटाए, उनै निकालिएर पार्टीवाट



काठमाडौ । लामो गृहकार्यपछि एक भएको नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता फुटाउने मुख्य भूमिका थियो ऋषि कट्टेल को । एमाले र माओवादी एकता पछि बनेको नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै उनले अदालतमा निवेदन दिएका थिए । उनले दिएको निवेदन पछि सर्वोच्चले नेकपा भंग गरिदिएको थियो ।

उनी नेता ऋषि कट्टेल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् । तर अध्यक्ष नै आफ्नो पार्टीवाट निकालिएका छन् । अध्यक्ष कट्टेल पार्टीबाट निष्काशनमा परेका छन् । पार्टी हितविपरीतको गतिविधि गरेको आरोपमा अध्यक्षलाई नै सो पार्टीले निष्काशनको घोषणा गरेको हो ।

कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीले विज्ञप्ती जारी गर्दै कट्टेललाई पार्टीवाट निष्काशन गरेको उल्लेख गरिएको छ । सुवेदीद्वारा हस्ताक्षरित पत्रमा कट्टेलले दलको हितविपरित काम गरेको र स्पष्टीकरण सोधिएकामा कुनै जवाफ प्राप्त नभएको जनाइएको छ ।

त्यसैले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ । कट्टेलले नै नेकपाको नाममा दाबी गर्दै सर्वोच्चमा मु द्दा दिएका थिए । उनको मु द्दामा अदालतले फैसला गर्दा तत्कालीन नेकपा फुटेर एमाले र माओवादी केन्द्र कायम भएका थिए ।

यो पनि, सत्ता गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा ९राजमो० विभाजित भएको छ। राजमोको एक समूहको शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति चयन गरेको जानकारी दिएको छ।

समितिको तीनजना उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन भएका छन्। महासचिवमा लालबहादुर जाग्री, सचिव गौरिलाल कार्की र कोषाध्यक्षमा ओमबहादुर केसी निर्वाचित भएका छन्।

सदस्यहरुमा बालकृष्ण सुवेदी, नरबहादुर थापा, मनिराम सापकोटा, लक्ष्मी न्यौपाने, उद्धव ऐर, धनबहादुर बोहरा, कर्ण थापालगायत छन्। ५१ सदस्यीय केन्द्रीय समितिमा पाँच सदस्यको स्थान पछि केन्द्रीय समितिले पूर्ती गर्ने गरी हाललाई रिक्त राखिएको जानकारी दिइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्