पूर्व प्रधानमन्त्री ओली विरुद्ध पर्यो सिडिओ कार्यालयमा उजुरी, होला त कारवाही ?



काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । केही दिन देखि विवादमा आएका अध्यक्ष ओली विरुद्ध औपचारीक रुपमा नै कारवाही माग गर्दै निवेदन परेको हो । कोभिड संक्रमण पुष्टि भएपछि पनि सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै उनलाई कारवाही माग गरिएको हो ।

ओलीले संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको प्रशासनमा दिएको उजुरीमा उल्लेख छ । अघिल्लो साता ओली र उनकी पत्नी राधिकालाई कोभिड पुष्टि भएको थियो । तर कोभिड पुष्टि भएको खबर सार्वजनिक भएको भोलीपल्टै उनी सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । उनका अघि पछि कार्यकर्ता थिए । आइतबार भक्तपुर सूर्यविनायक नगरपालिकाका अभिजित अधिकारीले एमाले अध्यक्ष ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित निवेदन दिएका हुन् ।

उजुरीकर्ता अधिकारीले ओलीले आफू कोरोना संक्रमित भएको अवस्थामा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ भक्तपुरले आयोजना गरेको कार्यक्रममा सहभागी भएको उल्लेख गरेका छन् । ओलीले हुलहुज्जत गरी आफू सामान्य संक्रमित मात्रै भएको भन्दै भाषण गरेको उल्लेख निवेदनमा गरेका छन् ।

‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ ।’ निवेदनमा भनिएको छ ।, ‘‘यसरी आफु संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउँ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्