अझै केही दिन हिमपात–वर्षा बढ्दै जाने, महाशाखाले जारी गर्यो यस्तो चेतावनी



काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन सचेत रहन सर्वसाधारणलाई चेतावनी जारी गरेको छ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भएकाले हिमपात र वर्षा जारी रहने भएकाले सतर्क रहन चेतावनी दिइएको हो । मौसम पूर्वानुमान महाशाखाले आइतवार साँझ प्रकाशन गरेको वुलेटिनमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा हुस्सु, कुहिरो लागेको उल्लेख गरेको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतवार साँझ ६ बजेदेखि भोलि सोमबार बिहान ६ बजेसम्म प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहने जनाएको छ। अनि उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

बुलेटिनअनुसार सोमबार दिउँसो १०, ११ बजेदेखि साँझ ६ बजेसम् प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। अनि उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै सोमबार राति देशको पहाडी भेगमा सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै मंगलबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। अनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

यसैगरी मंगलबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। अनि प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश र बागमती प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ स् देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्