ह्याम्स अस्पताल काठमाडौंमा एक बरिष्ठ नेताको निधन




काठमाडाै:

नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाकाे निधन भएकाे छ । अर्घाखाँची जिल्लाबाट पहिलाे संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

केही समय अघि उनकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।

थापाको निधनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले दु:ख व्यक्त गरेका छन्। ‘उहाँको निधनको खबरले मलाई स्तब्ध बनाएको छ,’ अध्यक्ष नेपालले भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित भएका थिए। नेपालले समाजवादी पार्टी खोलेपछि उनी उक्त पार्टीमा लागेका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्