एउटा दुर्घटनाग्रस्त लडाकु विमान फेला पार्ने दौडमा किन छन् चीन र अमेरिका ?



अमेरिकी नौसना आफ्नो एक दुर्घटनाग्रस्त लडाकू विमान खोज्न युद्धस्तरमा काम गरिरहेको छ । चिनियाँ सेना पुग्नुभन्दा पहिले अमेरिका घटनास्थलमा आफू पुग्न चाहन्छ ।

सोमबार अमेरिकी युद्धपोत यूएसएस कार्ल विन्सनबाट उडान भर्ने क्रममा १० करोड डलर लागत भएको अमेरिकी एफ–३५सी विमान दक्षिण सागरमा खसेको थियो । अमेरिकी नौसेनाले यसलाई दुर्घटना भनेको छ । यसमा ७ जना नौसेना घाइते समेत भएका थिए ।

एफ–३५सी अमेरिकी नौसेनाको सबैभन्दा नयाँ विमान हो । यसमा धेरै गोप्य उपकरणहरू रहेका छन् । समुद्रको जुन ठाउँमा यो दुर्घटना भएको छ, त्यो कुनै खास देशको सीमाभित्र पर्दैन । त्यसैले त्यहाँ दुवै देशलाई विमान भेट्टाउने प्रयास गर्न कुनै रोक छैन । नियमअनुसार जुन देशले पहिले विमान फेला पार्छ, त्यो त्यसैको कब्जामा रहनेछ ।

यसको फाइदा के त ? यो दौड त्यो महँगो र आधुनिक विमानका लागि भइरहेको छ, जसमा कयौँ रहस्य लुकेका छन् । एक देश त्यो रहस्य पत्ता लगाउन चाहन्छ भने अर्को देश त्यसलाई लुकाउन । दुर्घटनाग्रस्त विमान अहिलेसम्म समुद्रको गहिराइमा रहेको छ । अमेरिकी नौसेनाले विमान कहाँ दुर्घटना भएको र यसलाई खोज्न कति समय लाग्छ भनेर खुलाएको छैन ।


यता, पुरै दक्षिण चीन सागरमा दाबी गर्ने चीनले एफ–३५सी विमानमा आफ्नो कुनै रुचि नरहेको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले एक प्रेस ब्रिफिङमा भनेका छन्, ‘हामीलाई उनीहरूको विमानमा कुनै रुचि छैन ।’ यसको बाबजुद अमेरिकी सुरक्षा अधिकारीहरू त्यो विमानको नजिक पुग्न चीनले पनि प्रयास गर्ने बताउँछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्