टेरेसा बिश्वकर्मा र आमाको गीतको सुटिङ यसरी भयो । टेरेसा गुन्यु चोली लाएर शिशिर भण्डारीसँग नाचिन (भिडियो हेर्नुस)



द भ्वाईस किड्सको टप १६ बाट बाहिरिएकी टेरेसा बिश्वकर्मा र उनको आमाको पहिलो गीतको छायाँकन सकिएको छ । चरी भरर बोलको गीतलाई फर्पिँगमा खिचिएको हो । शिशिर भण्डारीको शव्द सँगीतमा तयार भएको गीतमा टेरेसाको आमा शिबा बिश्वकर्माको पनि आवाज रहेको छ । लोक गीतमा टेरेसा सँगै अन्य कलाकारहरुको पनि अभिनय रहेको छ । गीतको सुटिँग भएसँगै टेरेसाको परिवारले निकै खुशी व्यक्त गरे ।

टेरेसाले आफुले गीतमा नचोको पनि बताउँदै नाचले एक्सरसाईज भएको भन्दै सबैलाई हसाईन । यता टेरेसाको बुवा आमाले गीतको सुटिँग त निकै गाहह्रो हुने रहेछ, हामीले त केहि क्षणमै सकिन्छ होला भन्ठानेको भन्दै आफ्नो अनुभव सुनाए । टेरेसाले गीत र भिडियो राम्रो बनेको भन्दै सबैलाई गीत आएपछि हेर्न अनुरोध गरिन् । चरी भरर गीत मँगलबार साँझ नयाँ नयाँ न्युज नेपालबाट आउँदैछ । गीतको छायाँकन यसरी गरियो हेर्नुस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्