‘हामी दाजुभाई हौं’ भन्ने दुर्गेश र पलको किन विग्रियो सम्बन्ध ?



अभिनेता पल शाह र मोडल दुर्गेश थापाले अघिल्लो वर्षको तिहारमा संगै टिका लगाए । पलको बहिनीसंग दुर्गेशले पनि भाइटिका लगाएका थिए । उनीहरुबीच पारिवारिब सम्बन्ध स्थापित भएको थियो । दुर्गेशमा गीतमा पल देखिन्थे । दुवैले एक अर्काको कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमा टिप्पणी गर्थे । तर पछिल्लो पटक दुर्गेशले सार्वजनिक गरेको गीत वारे पल मौन छन् ।

उनले दुर्गेशलाई बधाई पनि दिएका छैनन् । हरेक गीतको प्रमोशन गरिदिने पलले यो पटक वास्ता गरेका छैनन् । उनीहरु सार्वजनिक कार्यक्रमा पनि संगै देखिन्थे । तर अहिले दुवै एक्लै देखिन्छन् । एक अर्काको परिवारमा गएका, परिवारसँग रमाएका, एक–अर्कासँगको परिवारसँग मिलेर चाडपर्व मनाएका तस्बिरहरु शेयर गरिरहन्थे। तर अहिले त्यस्तो अवस्था छैन ।

दुवैले त्यस्ता कुनै तस्बिर शेयर गरेका छैनन् । उनीहरु साथी भन्दा पनि हामी दाजुभाइको सम्बन्धमा रहेको बताउँथे। पछिल्लो समय दुर्गेशले बनाएको भिडियोमा पल छैनन् । पलले गीत फेसवुकमा राखेर प्रमोशन पनि गरेका छैनन् । बजारमा उनीहरुको सम्बन्धमा दरार आएको चर्चा सुरु भएको छ।

प्रायस् सार्वजनिक कार्यक्रममा सँगै पुग्ने यो जोडी हिजोआज एक्ला एक्लै हिँडिरहेको छ। हरेक सफलताको खुशी सँगै मनाउने पल र दुर्गेश एक्ला एक्लै रमाइरहेका छन्। उनीहरुको यो क्रियाकलापले उनका फ्यानहरुलाई शंका गर्न अझै सजिलो भएको छ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्