रसियाले युक्रेनमाथि ह’मला गरे पुटिनका भित्रि वृत्तका मानिसलाई प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी



मस्को :

रसियाले युक्रेनमाथि ह’मला गरे अमेरिकाले राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरुमाथि प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दिएको छ । ‘हामीले पहिचान गरेका व्यक्तिहरु क्रे’मलिनको भित्रि वा नजिकको वृत्तका छन् र उनीहरुले सरकारको निर्णयमा भूमिका खेल्छन्’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन् ।

उनले अगाडि भने, ‘रसियाका इलाईट र उनीहरुका परिवारका सदस्यहरुका लागि हामीले विशेष प्रतिबन्ध प्याकेज तयार गरेका छौं’, उनले भनिन् ।

युक्रेन मामिलालाई लिएर पछिल्लो समय अमेरिका र रसियाबीचको तनाब बढ्दो छ । रसियाले युक्रेनको सीमानजिक एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । रसियाले युक्रेनमाथि अ’तिक्रमण गर्न लागेको पश्चिमेली राष्ट्रहरुले अनुमान गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्