मोसो दलेकै तस्बिर राखेर सहायक वन अधिकृतले दिए विप्लबलाई यस्तो चुनौती



काठमाडौ । आफुलाई मोसो दलेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई कैलालीका सहायक बन अधिकृत विश्वराज पण्डितले सार्वजनिक वहसमा आउन चेतावनी दिएका छन् । आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने व्यक्तिहरुले कैलालीको पचमुडिया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेका थिए ।

मोसो दलिएको आफ्नो तस्बिर सामाजिक सञ्जाल फेसवुकमा आफै राखेर उनले विप्लवलाई चुनौती दिएका हुन् । उनले चन्दा आ तं कको विरोध गर्दा अमानविय ब्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर विप्लव नेकपाका कार्यकर्तालाई चुनौति दिएका हुन् ।

उनले च रि त्रमा दाग नलागेसम्म अनेक रंग पोतेर केही फरक नपर्ने बताएका छन् । पण्डितले लेखेका छन्, ‘च रि त्रमा दाग नलागुन्जेल सम्म अन्य अनेकौँ रङ्गहरु पोतेर केहि फरक पर्नेवाला छैन, मा रि एन छु भने। समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।’

सहायक वन अधिकृत पण्डितले लेखेका छन्, ‘ नेकपा विप्लव समूह कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ ।’

देश र जनताका विरुद्ध गरेका आफ्ना कुनै पनि कार्य भए राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार रहेको उनले उल्लेख गरेका छन् । ‘अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ’, उनले लेखेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्