बर्दियामा आ’गो तापेर बसेका माथि चढ्यो टिपर २ जनाको मृत्यु ३ गम्भिर घाइते



काठमाडौ । राजधानीमा निकै जोखिम र खतरा बनेको टिपरले बर्दियामा २ जनाको ज्यान लिएको छ । बर्दियामा आफ्नो घर अगाडी आ गो तापेर बसेकाहरुलाई टिपरले ठ क्क र दिएको छ । बर्दियाको को बढैयाताल गाँउपालिका–३ सतपतियामा यो घटना भएको हो । घटनामा अन्य ३ जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भिर रहेको बताइएको छ ।

सोमवार बेलुकी ८ बजे घर अगाडि आ गो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठ क्क र दिएको थियो । टिपरको ठ क्क रबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विक र रामु थारुको निधन भएको हो । विकको घटनास्थलमै निधन भएको थियो भने थारुको नेपालगञ्ज नसिङं होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो पनि, यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटमा जिप र टिपर आपसमा ठो क्कि दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हिजो बेलुकी पौने ९ बजे को १ क १३२८ नम्बरको टिपरसँग मे १ च ५९९४ नम्बरको जिप ठो क्किं दा जिप चालक काठमाडौं बालाजुका ४० वर्षीय शिव कार्कीको मृत्यु भएको हो । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जिपमा सवार काठमाडौंकै दिनेश कार्कीको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्