पूर्वमन्त्रीको निधन, जसलाई माओवादीले ३ महिना अप हर ण गरेका थिए



काठमाडौ । पूर्वमन्त्री एवं रोल्पाका राजनीतिज्ञ रेगबहादुर सुवेदीको निधन भएको छ। सुनिल स्मृति गाउँपालिका(६ गजुलमा ८२ वर्यीय सुवेदीको आज बिहान उनकै निवासमा निधन भएको गाँउपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी दिए।

रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका सुवेदी सहायक मन्त्रीसम्म भएका थिए। लामो समय जिल्ला पञ्चायत सभापति भएका सुवेदीले २०३४ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए।

उनी २०३९ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला भूमिसुधार सहायक मन्त्री बनेका थिए भने २०४३ सालमा मध्य क्षेत्र भूमिसम्बन्धी उच्चस्तरीय आयोगको अध्यक्ष भए।

स श स्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीले उनलाई तीन महिना अ प ह रण गरेका थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि राप्रपामा सक्रिय रहेका सुवेदी पछिल्लो समय नेपाली कांग्रेसका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्