डा. बाबुराम भट्टराईले डा. भीम रावलको पिएचडी नक्कली हो की भनेपछि…




काठमाडौ । दुई पिएचडीधारी नेताहरुबीच अहिले सामाजिक सञ्जालमा दोहोरी चलेको छ । डा बाबुराम भट्टराई र अर्का डा भीम रावलबीच सामाजिक सञ्जालमा जुहारी चलेको हो । नेकपा एमालेका नेता रावलले डा भट्टराईलाई एमसीसी भित्र्याएको आरोप लगाएपछि डा भट्टराईले पनि त्यसको जवाफ फर्काएका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र एमाले नेता डा। भीम रावलबीचको दोहोरी निकै रोचक छ ।

डा भट्टराईले त रावललाई नक्कली पिएचडी त होइन ? भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता लेख्दै डा भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर डा रावलले गलत आरोप लगाएको बताए ।

उनले भनेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा। पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको रु हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

त्यसअघि डा रावलले सांसदहरूलाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेका थिए, जसमा डा भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गराएको आरोप समेत थियो । उनले भनेका थिए, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउनमै व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । त्यो प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’ बाबुराले गोप्य रूपमा सम्झौता गरेको भन्ने डा रावलको आरोप तथ्यसहित पुष्टि गर्न उनले चुनौती दिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्