सरकारी आवासमा पार्टी गरेका बेलायती प्रधानमन्त्री बोरिसले माफी मागे




काठमाडौ । सरकारी आवासमा पार्टी गरेर आलोचना खेपेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जनतासंग माफी मागेका छन् । कोभिड–१९ महामारी नियन्त्रणको लाग लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन्।

महामारी नियन्त्रणको लागि भन्दै लकडाउन गरिएको बेला जोन्सनले सरकारी आवास डाउनिङ स्ट्रिटमा मानिसहरुको जमघट हुने भेला गरेका थिए।
प्रधानमन्त्रीले माफी मागे पनि विपक्षी लेबर पार्टीले भने उनलाई ‘लज्जाबोध नभएको व्यक्ति’ भन्दै पदबाट राजीनामा दिनुपर्ने बताएको छ।

जोन्सनले संसदमा आफूले लकडाउनको उल्लंघन गरेको स्वीकार गरेका छन्। उनले भने, ‘हामीले आफ्नै मूल्यांकन गर्नुपर्छ र यसबाट सिक्नुपर्छ। यसको अर्थ यो होइन कि सबै कुराहरु नियमसंगत थिए।’

जोन्सनले अब डाउनिङ स्ट्रिट र मन्त्रिपरिषदको कार्यालय चलाउने तरिका परिवर्तन गरिरहेको बताएका छन्। यसले आगामी दिनमा अवस्था फेरिन सक्ने उनको भनाइ छ। उनले आफूले माफी माग्नु मात्र पर्याप्त नभएकाले केही दिनमा नै सुधारको कार्यक्रम घोषणा गरिने उल्लेख गरेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्