अचानक देउवाले बोलाए आयोगका पदाधिकारी, यस्तो निर्णय गर्दै



काठमाडौ । सरकारलाई स्थानीय निर्वाचनको मिती तय गर्न दवाव परेको छ । जेठ भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गठबन्धद दलले गरेका छन् । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अहिले निर्वाचन आयुक्तलाई वालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीको निम्ता पछि आयुक्त अहिले बालुवाटार जान लागेका हुन् ।

प्रधानमन्त्री देउवाल.ले निर्वाचन आयोगका प्रमुखसहितका पदाधिकारीलाई बोलाएका हुन्। प्रधानमन्त्री देउवाले बोलाएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली अहिले बालुवाटार जान लागेको बताएका छन् ।

निर्वाचन आयोगले यसअघि नै स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते दुई चरणमा गर्न प्रस्ताव अघि सारेको थियो। आयोगको प्रस्ताव अनुसार नै सरकारले माघ पहिलो साता मिति घोषणा गरिसक्नुपर्ने थियो। तर सरकारले संविधानसँग स्थानीय निर्वाचन कानुन बाझिएको भन्दै पहिले संशोधन गर्नुपर्ने बताउँदै आएको छ।

पाँच दलीय गठबन्धनले पनि पहिले कानुन संशोधन गरेपछि मात्रै मिति घोषणा गर्नुपर्ने निर्णय लिइसकेको छ। यस्तोमा देउवाले स्थानीय तह निर्वाचन मितिबारे छलफलका लागि आयोगका पदाधिकारीलाई बोलाएका हुन्। देउवाले सोमबार कांग्रेसको बागमती प्रदेश कमिटी सभापति इन्द्र बानियाँसहितसँग भएको भेटका क्रममा स्थानीय निर्वाचन जेठ ४ गते एकै चरणमा गर्ने बताएका थिए।

उनले त्यसका लागि केही दिनमै मिति घोषणा गरिने पनि जानकारी दिएका थिए। सरकालाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रमुख प्रतिपक्षी एमालेसहितले दबाब दिइरहेका बेला देउवाले आयोगसँग छलफल गर्न लागेका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्