२४ लाख डोज खोप हराएपछि स्वास्थ्यमन्त्री खतिवडा विरुद्ध पर्यो उजुरी



काठमाडौ । स्वास्थ्य मन्त्री विरोध खतिवडा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खोप हराएको विषयमा उजुरी परेको हो । प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले खोप हराएको विषयमा स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ।

मन्त्री खतिवडालगायत संलग्नमाथि कारबाहीको माग गर्दै युवा संघले अख्तियारमा उजुरी दिएको हो। खतिवडा स्वास्थ्यमन्त्री भएपछि खोप हराएको भन्दै युवा संघले उजुरी दिएको छ । ‘खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धका २४ लाख डोज भ्याक्सिन गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको’ युवा संघको आरोप छ।

सो उजुरीमा भनिएको छ, ‘नेपाल सरकारका स्वास्थ्य मन्त्री श्री विरोध खतिवडा मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारवाही गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम यो निवेदन गरेका छौँ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्