बाँकेमा युवा संघको मसाल जुलुस (तस्विर सहित)


banner

बाँके\नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको आयोजनामा आज नेपालगञ्जमा मसाल जुलुस प्रदर्शन गरेको छ । एमालेको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस विपी चोकमा पुगेर कोण सभा गर्दै समापन गरिएको थियो।

युवा संघका नेता कार्यकर्ताहरुको ब्यापक सहभागिता रहेको जुलुसलाई प्रहरीले सामान्य बल प्रयोग गरेपछि केही समय विपी चौक क्षेत्र अशान्त भएको थियो । मसाल जुलुसको समापन गर्दै युवा संघ बाँकेका इन्चार्ज खेम शर्माले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए । शर्माले वर्तमान गठबन्धन निर्वाचन नगर्ने पक्षमा लागेको भन्दै युवाहरुको विरोधको सामना गर्न नसक्ने चेतावनी समेत दिए ।

मसाल जुलुसमा नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन, जिल्ला सचिव रत्न खत्री, युबा संघ केन्द्रीय सद्स्य तथा बाँके जिल्ला कमिटि सदस्य कुस्माखर बश्याल युवा संघ बाँकेका संयोजक ज्ञानु वली लगायतको सहभागिता रहेको थियो ।

संघले स्थानीय तहको मिति तत्काल घोषणा गर्न तथा इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ता, लिपुलेकको नेपाली भूमीमा भारतले गरिरको सडक निर्माण कार्य रोक्नुपर्ने, मास्कमा गरिएको मुल्यवृद्धि फिर्ता लगायतका माग सहित मसाल जुलुस प्रदर्शन गरेको हो ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्