भारतीय अभिनेता अमिताभको निधन



काठमाडौं :

भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृ’दयघा’तका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन् ।

अमिताभले अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनले श्रीमती मृणालिनीले निर्देशन गरेको फिल्म ‘धुआ’, ‘रंगदारी’, ‘ए दिल्लगी’ जस्ता फिल्ममा पनि अभिनय गरे ।

मृणालिन्नीका अनुसार गत १७ जनवरीमा अमिताभलाई हृदयघात भएपछि मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिए पनि गत शनिबार उनी कोरोनामुक्त भएका थिए । तर, बुधबार पुनः उनलाई हृ’दयघा’त भएपछि निधन भएको हो ।

अमिताभको जन्म छत्तीसगढको बिलासपुरमा भएको थियो । मृणालिनीका अनुसार परिवारका केही सदस्य छत्तीसगढमा रहेकाले उनीहरु आउनासाथ अमिताभको अन्तिम संस्कार गरिनेछ ।

अमिताभले सन् २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए । यद्यपि यो जोडी विवाहको नौ वर्षपछि अलग्गिएका थिए । उनीहरुका दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्