नयाँ संक्रमित भन्दा कोरोनामुक्त हुने दोब्बर बढी, मृत्यु १२ जना


banner

काठमाडौं। संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ७५५५ जना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित छन्।

यस्तै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले वितेको १० हप्तामा विश्वभर ९ करोड भन्दाबढी व्यक्तिहरू ओमीक्रोनबाट संक्रमित भएको जनाएको छ।

डब्लुएचओका महानिर्देशक डा‍‍. ट्रेडोस अधानम घेब्रेयेससले मंगलबार यस्तो बताएका हुन् । डा‍‍.ट्रेडोसका अनुसार यो संख्या पूरै २०२० भरि संसार फेला परेका संक्रमित भन्दा बढी हो ।

नागरिकको दवावले कतिपय देशले स्वास्थ्य सुरक्षाका मापदण्डमा लापरवाही गरेको डा‍‍.ट्रेडोसको आरोप छ । ओमीक्रोन धेरै फैलिएका कारण थुप्रै देशमा मृत्युदर बढेको पनि उनले जानकारी दिए ।

ओमीक्रोनलाई हल्का रुपमा नलिन डा‍‍.ट्रेडोसको आग्रह छ । ओमीक्रोनको उपभेरियन्ट बीए.२ ५७ देशमा फैलिएको उनको भनाइ छ । ओमीक्रोनका अन्य दुई उप भेरियन्ट बीए.१ र बीए.३ भन्दा बीए.२ बढी संक्रामक र जोखिायुक्त रहेको डब्लुएचओ महानिर्देशक डा‍‍.ट्रेडोसले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्