केहीबेर अघि काठमाडौंबाट पक्राउ परेका यी ब्याक्तिहरु जस्को कामले प्रहरी झस्कियो



काठमाडौ ।

केही दिन अघि गंगालाल अस्पतालमा काम गर्ने ल्याव कर्मचारीलाई नक्कली पिसिआर रिपोर्ट दिएको अभियोगमा निलम्बन गरियो । उनले शिक्षण अस्पताल र गंगालाल अस्पतालको नाममा नक्कली पिसिआर रिपोर्ट दिने गरेको खुलेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यस वारे उजुरी परेपछि आयोगले गंगालाल लाई छानविन गर्न निर्देशन दिएको थियो । छानविन समितिले दिएको रिफारिसका आधारमा उनी निलम्बनमा परे ।

काठमाडौमा यसरी नक्कली पिसिआर रिपोर्ट बनाउने अनेक अस्पताल र स्वास्थ्य केन्द्रहरु फेला परेका छन् । प्रहरीले धेरैलाई पक्राउ गरेको छ भने केही फरार छन् । भक्तपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ल्याबका एक बिचौलिया धनुषा विदेह नगरपालिका(४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टान पक्राउ परे । उनले दिएको सूचनाका आधारमा प्रहरीले भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा काम गर्ने सर्लाहीका २४ वर्षीय ल्याब म्यानेजर प्रसन्नकुमार झालाई नियन्त्रणमा लियो ।

उनीहरुले दिएको सूचनाका आधारमा फेरी प्रहरीले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका ल्याब कर्मचारी धनुषा घर भई काठमाडौंको गौशाला बस्ने २५ वर्षीय कर्मचारी नागेन्द्रकुमार यादव र काभ्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका(५ बस्ने २९ वर्षीय माधव मैनालीलाई पक्राउ गरेको छ।

प्रहरीले ल्याबमा काम गर्ने कर्मचारीलाई पक्राउ गरेपछि तिनीहरूका सञ्चालक भने फरार छन्। रौतहट राजदेवी नगरपालिका(४ घर भई भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालका पिसिआर ल्याबका सञ्चालक ४० वर्षीय भावेश मिश्र र काठमाडौं महानरपालिका(३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रालिका ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी फरार छन्।

महानगरीय अपराध महाशाखालाई नक्कली पिसिआर रिपोर्ट बनाइने गरेको सूचना आएपछि प्रहरी नै ग्राहक बनेर ति स्थानमा पुगेका थिए । अमेरिकाको डिभी परेको र पिसीआर रिपोर्ट नेगेटिभ नभएका कारण उड्न नपाएर डिभी नै क्यान्सिल हुन लागेको भन्दै प्रहरीले नै नक्कली पिसीआर रिपोर्ट बनाउन भनेका थिए ।

उनीहरुले त्यसका लागि पैसा लाग्ने तर नक्कली पिसीआर रिपोर्ट बन्ने बताएपछि प्रहरीले उनीहरुलाई रिपोर्ट बनाउन लगाएका थिए । केहीदिनमै प्रहरीलाई नै क्युआर कोडसहित कोरोना नेगेटिभ रिपोर्ट बिचौलियाले बनाइदिएपछि काठमाडौमा यसको लामै लहरो भएको पत्ता लागेको हो । प्रहरीले त्यसै गरी अरु ५ जनाको बनाउन लगाए त्यस वापत ति बिचौलियाले ४० हजार रुपैया लिएका थिए ।

क्युआर कोड सहितको नेगेटिभ पिसीआर रिपोर्ट बनेको देखेपछि प्रहरी पनि चकित् परे । प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरूको रोहबरमा दुबै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटरलगायत उपकरण र पिसिआर टेष्ट दर्ता गरिएका रजिष्टरसमेत नियन्त्रणमा लिएको छ।

ती ल्याबले पिसिआर परीक्षण गर्न कुनै स्वाब बिचौलियामार्फत् आएको भए रजिष्टरमा कोड राखेर आफुहरुले मात्र बुझ्न मिल्ने बनाएको समेत खुलेको छ ।

महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार बिचौलियाले रिपोर्ट सक्कलीजस्तै बनाए पनि स्वाब भने आफ्नै वा अरू कसैको राखेको पाइएको छ। यसरी नक्कली पिसीआर रिपोर्ट लिने अधिकांश विदेश जानेहरु भएको पनि प्रहरी अनुसन्धानवाट खुलेको छ । वैदेशिक रोजगारीमा वा अध्ययनका लागि जानेहरुवाट बिचौलियाले यसरी दिनहुँ लाखौंको कारोवार गर्ने गरेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः

 उल्लेखित अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ PCR रिपोर्ट दिने गरेको ।
 उक्त ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गरि रिपोर्ट दिने गरेको ।
 कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको ।
 उल्लेखित अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको ।
 सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको ।
 बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई PCR रिपोर्ट Negative बनाइदिने भनि प्रति व्यक्ति रु. १० हजार सम्म असुल गरेको भेटिएको ।
 QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report बनाउने गरेको पाईएको ।
पक्राउ परेका व्यक्तिहरु :-
१. जिल्ला धनुषा बिदेह नगरपालिका वडा नं.४ घर भई हाल जि.ललितपुर ग्वार्को बस्ने बर्ष २५ को रोसन कुमार छिट्टान ।
२. जिल्ला धनुषा छिरेश्वर न.पा.वडा नं.१ घर भई हाल का.जि.गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादव ।
३. जिल्ला काभ्रेपलान्चोक तेमाल गा.पा.५ घर भई हाल जि.भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.५ सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली ।
४. जिल्ला सर्लाही बलरा न.पा.वडा नं.७ घर भई हाल जि.भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा ।
फरार रहेका ब्यक्तिहरु :
१. जिल्ला रौतहट राजदेवी न.पा. ४ बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको PCR Lab सञ्चालक अ. बर्ष ४० को भावेश मिश्र ।
२. हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को PCR Lab सञ्चालक अ. बर्ष ४० को निर्मल गिरी ।
बरामद सामग्रीहरुः
१. पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको Computer Monitor थान १, Laptop थान १, CPU थान ३ ।
२. पिसिआर दर्ता रजिष्टरहरु, नक्कली पिसिआर रिपोर्टहरु, रसिद प्याडहरु ।
३. मोबाईल थान-५ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्