H#JG^*8XPo32Fd H#JG^*8XPo32Fd

संसद अवरोध हटाउन एमालेका यस्ता ४ सर्त, सभामुखले माफी मागे पनि हुने




काठमाडौ । नेकपा एमालेले लामो समय देखि प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ । सभामुखले राजिनामा दिनुपर्ने माग राखेर एमालेले संसद अवरुद्ध गरेको हो । एमालेले कारवाही गरेको माधव कुमार नेपाल लगायत १४ सांसदका पद जोगाएको भन्दै सभामुख विरुद्ध लागेको एमालेले अब संसद अवरोध हटाउन ४ सर्त अघि सारेको छ ।

माधव कुमार नेपाल लगायत सांसदहरुले एमाले छोडेर अर्कै पार्टी दर्ता गरिसकेका कारण उनीहरुलाई कारवाही गर्नुको कुनै तुक नभएको सभामुख अग्नि सापकोटाको तर्क थियो । तर एमालेले आफुहरुले कारवाही गरेर सांसद पद खारेजका लागि निवेदन दिएका कारण उनीहरुलाई संसदमा देख्न नपरोस भन्दै सभामुखको राजीनामा माग्दै आएका थिए ।

तर अब भने सभामुखको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि संसद् अवरोध हटाउने संकेत गरेको हो । १४ सांसदमाथि कारबाही या सभामुखको राजीनामालाई शर्त बनाएर एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा एमाले उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले आफ्नो भूमिकाले एमाले विभाजन भएकोमा सभामुखले क्षमा मागे पनि संसद् सञ्चालन हुने बताएका हुन् ।

‘पार्टीले कारवाही सिफारिश गरेका १४ जना सांसदको सम्बन्धमा सभामुखले सूचना नटाँसेकोले आफुहरुको विरोध भएको भन्दै उनले माफी मागे मात्र पनि समाधान हुने बताएका छन् । आज पनि सूचना टाँस्नुस्, एमालेले कारवाही गरेका सांसदलाई कारवाही होस् । त्यसको संवैधानिक हैसियत जे भए पनि इतिहासमा दर्ज हुन्छ,’ पहिलो शर्तबारे ज्ञवालीले भने ।

पहिलो शर्त १४ जनामाथिको कारवाहीको सूचना प्रकाशित गर्ने, दोस्रो सभामुखले सार्वजनिक रुपमा माफी माग्ने, तेस्रो सभामुखले राजीनामा गर्ने र चौथो माधव नेपालको पार्टीको हैसियतबारे सर्वोच्चमा विचाराधीन मु द्दाको टुंगो लाग्नुपर्ने एमालेको शर्त रहेको ज्ञवालीले बताए ।

‘उनले माधव नेपाल लगायत १४ सांसद वारे सवोच्च अदालतवाट आउने जस्तो सुकै फैसलालाई पनि आफुहरुले मान्ने बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्