एमसिसीका बारेमा प्रधानमन्त्री पुगे अन्तिम निचोडमा, प्रचण्ड र माधव नेपालसंग राखे यस्ता प्रस्ताव


banner

काठमाडौ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अब अमेरिकी सहयोग एमसिसी पारित गर्ने अन्तिम निचोडमा पुगेका छन् । सरकारमा रहेका माओवादी र समाजवादीका नेताहरुसंग उनले एमसिसीमा सुधार गर्नुपर्ने बुँदा मागेका छन् । माओवादीका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसोधन नगरी एमसिसी पारित गर्न नहुने बताए पछि उनले सुधार गर्नुपर्ने बुँदा मागेका हुन् ।

एमसिसीका विषयमा सत्तारुढ दलबीच सहमति जुट्न सकेको छैन । यता नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएका कारण एमसिसी संसदमा पेश हुन सकेको छैन । उता अमेरिकाले तत्काल त्यसवारे निर्णय लिन दवाव दिँदै आएको छ । आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा सुधार गर्नुपर्ने केही छन् भने त्यो उपलब्ध गराउन भनेका हुन्।

प्रधानमन्त्री देउवासँग भएको छलफलमा प्रचण्ड र अध्यक्ष नेपालले यथास्थितिमै एमसिसी पारित गरेर जान नसकिने भनेपछि उनले सुधार गर्नुपर्ने बुँदा के हो दिनुस् भन्दै मागेका हुन् । ‘एमसिसीमा कुन कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो। सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले भने । उनी सिन्धुपाल्चोकका नेता कार्यकर्ता पार्टीमा प्रवेश गराउने कार्यक्रममा सहभागी भएका थिए । सोही कार्यक्रमका बीच उनले यसवारे जानकारी दिएका हुन् ।

आफूले आज बिहान प्रचण्डसँग पनि कुराकानी गरेको नेपालले बताए। साथै कोटेश्वरस्थित निवासमा गृहमन्त्री बालकृष्ण खाणसँग पनि आज कुराकानी भएको उनको भनाइ थियो। नेता नेपालले एमसिसीकै कारण गठबन्धन नटुट्ने बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्