रोकिएका परिक्षा सुरु हुने, त्रिभुवन विश्वविद्यालयको सूचना हेर्नुस्


banner

काठमाडौ । कोभिड महामारीका कारण रोकिएका परिक्षा संचालन सम्बन्धि त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरि जानकारी गराएको छ । रोकिएका परिक्षा अब संचालन हुने भएका छन् । त्रिभुवन विश्वविद्याल अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधवार सूचना निकालेर यसवारे जानकारी दिएको हो । काभिड सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि त्रिविले कोभिड–१९ ९कोरोना भाइरस० सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।

यो पनि, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै नेकपा ९क्रान्तिकारी माओवादी० निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० ले विरोध प्रदर्शन गरेको छ ।

बुधबार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनको क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता लिनुपर्ने बताए ।

उनले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहत दिने काम गरेको बताएका थिए । अध्यक्ष गजुरेलले भने, ‘पटक पटक सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी नेपाल सरकार र नेपाल आयल निगमले मूल्यवृद्धि गरिरहेको छ । यसको विरोधमा हामीले प्रदर्शन गरेका हौं ।ु

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम नागरिकको लताकपडा, खानेकुरा लगायत सबैमा मूल्यवृद्धि हुने भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन प्रदर्शनकारीले दबाब दिएका छन् । प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखी बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु दुःखद् भएको बताएकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्