हावाले अवतरण गर्न नसकेको विमानको पुच्छर रनवेमा ठो’क्कियो तर पाइलटले यसरी क्षती हुनवाट जोगाए



काठमाडौ । कहिले काँही जोखिम मोल्दा ठूलो दुर्घटना हुने सम्भावना हुन्छ । नेपालमा तिब्र हावा र भिजिविलिटी नहुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित हुन्छन् । घण्टौ सम्म विमानस्थल माथी जहाजले फन्को लगाउँछन् । तर बेलायतमा तीव्र गतिमा हावा चलिरहदा पनि अवतरणको प्रयास गरेको विमान दुर्घटनाबाट मुश्किलले बचेको छ ।

जोखिम लिएर स्कटल्याण्डको अवेर्देन सहरबाट लण्डनको हिथ्रो विमानस्थलमा अवतरण गर्न लागेको बेला तीव्र गतिको हावाका कारण अनियन्त्रित हुँदा विमानको पुच्छर रनवेमा ठो क्कि एको छ ।

विमानले सुरुमा दाया पांग्रा रनवेमा छोएर अवतरणको प्रयास गरेको थियो । तर विमान नियन्त्रण हुन सकेन । त्यसपछि ढल्किएको विमानले बाया पांग्रा रनवेमा छोएर अवतरण प्रयास पनि गर्यो । तर तीव्र हावाका कारण सन्तुलन मिलाएर दाया पांग्रा पनि अवतरण गर्ने प्रयास गर्दा विमान हुत्तिएको थियो ।

त्यसपछि पाइलटले विमान ‘ओभरसुट’ गर्ने क्रममा पुच्छर रनवेमा छोइएको थियो । पाइलटले विमान अवतरण गराउँदा सन्तुलन मिलाउन नसकेको अवस्थामा रनवेमा पांग्रा गुडाएपनि फेरि आकाशतर्फ लैजाने गर्छन ।

सोमबार ब्रिटिस एयरवेजको एयरबस ए ३२१ एनइओ विमान तीव्र हावाका कारण अवतरणका क्रममा पुच्छर छोइएपनि पाइलटले फेरि आकाशतर्फ उडाएका थिए । सीएनएनका अनुसार अनुभवी र दक्ष पाइलटका कारण ठूलो दुर्घटना गरेको ब्रिटिस एयरवेजले जनाएको छ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्