काठमाडौंमा पक्राउ परे प्रहरीका नक्कली ‘असई’ !



काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक (असई) हुँ भन्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक-८ डोलेश्वर घर बताउने बर्ष २६ को सोनाम तामाङ रहेका छन् ।

बुधबार बिहान काठमाडौं महानगरपालिका-२८ भद्रकाली स्थित वेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा तामाङले प्रहरी जवान लालु प्रसाद यादवसँग आफूलाई असई बताएका थिए ।

शंका लागी तामाङलाई खानतलासी गर्दा उनको साथबाट असईको ड्रेस र दर्ज्यानीसमेत लगाएको ८ वटा पासपोर्ट साइजको फोटा फेला परेको थियो । तामाङलाई नियन्त्रणमा लिएर प्रहरी बृत्त सिंहदरवारबाट थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो पनि : गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन

पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ ।

जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ ।

‘केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेकाे पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएकाे पाइएकाले याे सूचना प्रकाशित भएकाे १५ दिनभित्र आफैले भत्काइ लैजानु हाेला,’ सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ ।

अन्यथा काेष आफैले छाप्रा भत्काउने चेतावनी दिइएकाे छ ।

त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खाेजिएकाे थियाे । त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि काेषले कदम चाल्न सकेकाे थिएन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्