‘द भ्वाईस किड्स’की टेरेसा बिश्वकर्मा र उनको आमाको पहिलो गीत आयो । केहि घण्टामै लाखौंले हेरे भिडियो (गीत हेर्नुस)



द भ्वाईस किड्सको सेमिफाईनलबाट बाहिरिएकी टेरेसा बिश्वकर्माको पहिलो गीत चरी भररको भिडियो आएको छ । लोक श्रृजनामा बनेको गीतलाई शिशिर भण्डारीले शव्द तथा सँगीत गरेका हुन् । गीतमा उस्तै सुमधुर स्वर भएकी टेरेसाको आमा शिवा बिश्वकर्माको पनि आवाज रहेको छ । गीतको अन्तिममा शिशिरको पनि स्वर सुन्न पाईन्छ । दैलेखकी टेरेसा फाईनलसम्म पुग्ने आशा गरिएको थियो, उनी बाहिरिएपछि धेरैले शिशिर भण्डारीलाई टेरेसाको गीत निकिालिदिन सुझाए । शिशिरले आमा छोरीकै दुख सुखको गीत रचे ।

टेरेसाको बुवा ८ महिना यता कान सुनदैनन् । मुटु हुँदै खुट्टामा समस्या आएपछि उनको बुवा राम बहादुर बिश्वकर्माले आफ्नो छोरीको प्रस्तुति द भ्वाईस किड्मा सुन्न पाएनन् । उनको उपचारका लागि लाखौं खर्च लाग्ने डाक्टरहरुले बताएका छन् । गीत आईसकेपछि यो परिवार निकै खुशी भएको छ । गीतले छोटो समयमै युट्युबमा धेरैको माया र साथ पाएको छ । २४ घण्टामै लाखौं भ्युज र हजरौं राम्रा कमेन्टहरु पाएको गीतमा टेरेसा र उनकै आमाको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् । भिडियो हेर्नुस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्