गुरु भट्टराईको माग, ‘प्रचण्ड र माधव नेपालले जनताका अगाडी कान समातेर उठबस गर्दै माफी माग्नुपर्छ’



काठमाडौ । पूर्व रेल्वे प्रमुख गुरु भट्टराईले आफुलाई एमसीसीको विज्ञ मान्छन् । उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताका समक्ष कान समातेर उठ बस गर्दै माफी माग्नुपर्ने माग राखेका छन् । उनले उग्र वामपन्थी र दक्षिणपन्थीहरुले विकास अनुदानमा राजनीति गरेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “उग्र वामपन्थी र दक्षिणपन्थीहरुको कामै विकास अनुदानमा राजनीति गर्नु हो । बाहिर बाहिर भारतविरुद्ध सुरुङ यु द्ध गर्छु भन्ने, भित्रभित्रै ज्वाइँ पालिएर बसेका रहेछन् । भए नभएका कुरा गरेर एमसीसीलाई कागजको बाघ बनाएर भ्रम छरेका छन् । यो के तमासा गरेको ? नेपाली जनतालाई मजाक बनाउने ? एमसीसी साँच्चै राष्ट्रघाती हो भने प्रचण्ड र शेरबहादुर देउवाले जनतासँग कान समातेर उठबस गर्नुपर्छ ।”

केपी ओलीलाई सत्ताबाट हटाउन एमसीसीको बदनामी सुरु भएको भएपनि अहिले उनीहरुलाई नै अप्ठेरो पारेको भट्टराईको भनाई छ । पूर्व रेल्वे प्रमुख भट्टराईले थपे, “म एमसीसीको पक्ष र विपक्षमा लाग्नुपर्ने आवश्यकता छैन । तर राजनीतिक नेताहरुले २०१७ सेप्टेम्बरमा सम्झौता भएको एमसीसीलाई आन्तरिक लु छा-चुँडीको मामला बनाए ।

एमसीसीलाई माध्यम बनाएर केपी ओलीलाई सत्ताबाट हटाउने प्रपञ्च गरे । २०१७ मा हस्ताक्षर गर्ने बेला माओवादी र कांग्रेस नै थिए सरकारमा । कृष्णबहादुर महराले फातिमा सुमारसँग दूतावासमा अन्तिम रुप दिएको होइन ? त्यतिबेला यहाँका बुद्धिजीवी कहाँ थिए ? मिडियाले डोनाल्ड ट्रम्पले नेपालसँग सम्बन्ध सुधार गर्न खोज्यो भनेर ठूलठूला अक्षरमा लेखेका होइनन् ?”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्