पार्टी भित्रै अप्ठेरोमा परेका एमाले नेताहरुलाई जब माधव नेपालको यस्तो प्रश्न गरे



काठमाडौ । पार्टी भित्रै वहिष्करणमा परेका एमाले नेताहरुलाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहयोग गर्ने बताएका छन् । अन्तिम अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग १० बुँदे सहमति गरेर एमालेमै रहने निर्णय गरेका १० नेताहरु अहिले पार्टी भित्रै अप्ठेरोमा परेका छन् । नेता भीम रावल कुनै पनि जिम्मेवारीमा छैनन् भने घनश्याम भुषाल लगायतका नेताहरुले पनि आफ्नो विचार स्थापित गर्न सकेका छैनन् ।

योगेश भट्टराई पनि अप्ठेरोमा परेका छन् । यस्तो अवस्थामा नेता नेपालले नेकपा एमालेका ति नेताहरुलाई ‘अप्ठ्यारोमा पर्नुभयो कि ?’ भनेर सोधेका छन् । उनले अफ्ठ्यारोमा परेको खण्डमा सहयोगको लागि आफू तयार रहेको समेत बताए ।

बुधबार सिन्धुपाल्चोकमा विभिन्न दलका नेता कार्यकर्तालाई एकीकृत समाजवादीमा प्रवेश गराउँदै अध्यक्ष नेपाले आफूले एमालेका नेताहरुलाई आफूले ‘अप्ठ्यारोमा पर्नुभयो कि ?’ भनेर सोधेको बताएका हुन् । जति कोसिस गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुले सुध्रार्न नसकेको एमाले नेताहरुको बताएको पनि उनले सुनाए ।

अध्यक्ष नेपालले आफुले त्यस्तो प्रश्न गर्दा उनीहरुले केपी ओली सुध्रिनेवाला छैन, हामीले धेरै कोसिस गर्यौँ केपी ओलीलाई सुध्रार्न सकेनौं भनेको पनि बताए । ओली दम्भ र अहंकारीबाट मुक्त हुनेवाला छैन ।’ अध्यक्ष नेपालले एमालेका नेताहरूलाई केहि अफ्ठ्यारो र समस्या भएको खण्डमा आफूलाई नहिच्किचाई भन्न आग्रह समेत गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्