प्रहरीकोमा आमाको खोजतलास गर्न छोरा गएपछि…



काठमाडौं :

गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’

निवेदका थिए- ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गो’प्य राखिएको) । उनीहरूले प्रहरी गु’हारेको भनेको ९० वर्षीया आमा जगमाया श्रेष्ठको खो’जतलासका लागि हो । निवेदनमा जगमाया हराएको भनिएको मिति दुई दिनअघि अर्थात् १२ माघको थियो । उनीहरूको घर पथरी–शनिश्चरे नगरपालिका-२ हो ।

निवेदन परेपछि प्रहरी अनुसन्धानमा जुट्यो । अनुसन्धानको क्रममा प्रहरीले घटनामा सं’लग्न नजिक पुग्ने ‘क्लु’ हरूको खोजी गर्छ नै । सोहीक्रममा स्थानीयसँग १४ माघमै प्रहरी टोलीले सोधपुछ गर्‍यो ।

डिएसपी श्रेष्ठ भन्छन्, ‘सोधपुछको क्रममा जग्गा वि’वाद आमा र छोरा कमलबीच रहेको कुरा स्थानीयबाट खुल्यो ।’ यही ‘क्लु’ को आधारमा प्रहरीको अनुसन्धान कमलतिर केन्द्रित गर्‍यो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कमलले दिएको बयान उद्धृत गर्दै डिएसपी श्रेष्ठले भने, ‘घटना भएको समय १२ माघ बिहान ४ बजे हो । वृद्धावस्थाकी आमा जगमायालाई उठाएर कमलले आँगनमा लगे । त्य’हीँ घाँ’टी थि’चे’र ह’ ‘त्या गरे । त्यसपछि प्ला’स्टि’कमा पो’को पा’रेर श’व गा’डी’मा राखे । अनि, गा’डीमा ल’गे’र नजिकैको हरियाली सामुदायिक वन क्षेत्रमा रहेको घाटमा ज’ला’ए ।’

यसरी एउटा ‘क्लु’का आधारमा प्रहरी अनुसन्धान छोरा कमलतिर सोझियो र प्रारम्भिक अनुसन्धानको क्रममा ह’ ‘त्या घटना स्वीकारेको डिएसपी श्रेष्ठ बताउँछन् ।

उनका अनुसार घटनामा सं’लग्न’ता स्वीकारेपछि भने कमलले आमालाई ज’ला’एको ठाउँमा प्रहरीलाई लगे । जहाँबाट आमाको जल्न बाँकी रहेको ख’प्पर र श’रीरको पछिल्लो भाग प्रहरीले ब’राम’द गरेको छ । ब’राम’द ख’प्परसहित श’रीरका अंगलाई परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।

घटनाको मूल कारण जग्गा वि’वा’द रहेको खुलेको छ । ‘बुबाको नाममा १५ कट्ठा ९ धुर जग्गा रहेछ । उनको निधनपछि उक्त जग्गा कमलले सुटुक्क श्रीमतीको नाममा दर्ता गरेको खुल्न आएको छ । र, यो रहस्य थाहा पाएपछि आमा जगमाया र दाइले अदालतमा मुद्दा दर्ता गरेको र अदालतले आमाको नाममा पाँच कट्ठा जग्गा हुने भन्ने फैसला गरेको रहेछ’, डिएसपी श्रेष्ठ भन्छन्, ‘सोही कारण आमाको ह’ ‘त्या गर्न पुगेको देखिन्छ । थप कुरा खुल्दै जाला । हामी अनुसन्धानमै छौँ ।’

प्रहरीले जिल्ला अदालत मोरङबाट छोरा कमलवि’रु’द्ध क’र्त’व्य ज्या’नस’म्ब’न्धी कसुरमा अनुसन्धानका लागि १० दिनको म्याद थपको अनुमति पाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्