बलिउड कलाकार सोनम कपुर, सलमान खान देखि यि कलाकार यस्ता गम्भिर रोगका विरामी



एजेन्सी । हालै कमेडियन सुनिल ग्रोवरको मुम्बईको एक अस्पतालबाट मुटुको शल्यक्रिया गरिएको छ । वेब सिरिजको छायाँकनका ​​क्रममा सुनील ग्रोवरको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरूले पूर्ण जाँचपछि शल्यक्रिया गर्ने विकल्प अगाडि राखेका छन् । उल्लेखनीय कुरा के छ भने शल्यक्रियापछि अहिले कमेडियनको स्वास्थ्यमा निकै सुधार भइरहेको छ ।

सुनील ग्रोवर भन्दा पहिले पनि धेरै बलिउड सेलिब्रेटीहरुले कम उमेरमा नै ठूला रोगहरुको सामना गर्नु परेको छ । हेरौँ कुन कुन कलाकारको सूचीमा परेका छन् नाम ।

सलमान खान
भारतीय मिडियाका अनुसार बलिउड अभिनेता सलमान खान ट्राइजेमिनल न्यूराल्जिया नामक निको नहुने रोगसँग ल डि रहेका छन् । यो रोग लागेको व्यक्तिलाई स्नायुमा असह्य पी डा हुने गर्दछ । एक अन्तर्वार्ताका क्रममा अभिनेताले आफ्नो रोगको बारेमा उल्लेख गर्दै यो रोगलाई सु सा इड डिजिज पनि भनिन्छ र यससँग लड्दा धेरै पटक त्यस्तै गर्ने सोच पनि आएको बताए ।

सोनम कपुर
फेसन आइकन सोनम कपुरले आफूलाई फिट राख्न धेरै योग र व्यायाम गर्छिन् । तर १७ वर्षको उमेरमा, अभिनेत्री टाइप १ मधुमेह भएको थियो । उनको उपचार चलेको थियो ।

अनुष्का शर्मा
अभिनेत्री अनुष्का शर्मालाई बल्गिङ डिस्क भन्ने रोग लागेको छ । यस रोगबाट पी डित व्यक्तिको हड्डीमा लगातार दुखाइ रहन्छ।

ऋतिक रोशन
बलिउड अभिनेता तथा डान्सर ऋतिक रोशन निकै स्वास्थय देखिन्छन् । तर, २० वर्षको उमेरमा उनलाई स्कोलियोसिस भनिने रोग लागेको थियो। यो रोगका कारण डाक्टरले उनलाई नाच्न र दौडन निषेध गरेका थिए । सुरुको एक वर्ष अभिनेताले डाक्टरको कुरा सुने तर त्यसपछि उनले यसलाई चुनौतीका रुपमा स्वीकार गर्दै दौडन थाले । बिस्तारै उनले दौडने गति बढाए र आफैं रोगको अन्त्य गरे।

शमिता शेट्टी
अभिनेत्री शमिता शेट्टी विगत केही वर्षदेखि कोलाइटिसबाट पी डित छिन् । यही रोगका कारण बिग बोस १५ मा पनि उनलाई फरक किसिमको खाना पठाइएको थियो ।

शेफाली जरिवाला
काँटा लगा र बिग बोस फेम अभिनेत्री शेफाली जरिवाला एपिलेप्सी सिजरसँग ल ड्दै छिन्। यो रोगमा धेरै पटक एक व्यक्तिलाई मिरगीको दौरा हुन्छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्