फिल्म ‘पुष्पा’का नायक अल्लु अर्जुनले रजनीकान्तलाई पनि पछि पारे



एजेन्सी । फिल्म ‘पुष्पा द राइज’ दक्षिण भारतमा मात्र नभई देशका अन्य भागमा पनि निकै लोकप्रिय भएको थियो । बक्स अफिसका सबै कीर्तिमान तोडिएपछि यो फिल्मले सामाजिक सञ्जालमा पनि आतंक मच्चाएको छ । अल्लु अर्जुनको क्यारेक्टरदेखि श्रीवल्लीको गीतदेखि ऊ अन्तावासम्म फिल्मको हरेक दृश्यले हेडलाइन बनाइ रहेको छ ।

फिल्म रिलिज भएसँगै अभिनेता अल्लु अर्जुनको लोकप्रियता पनि निकै बढेको छ । अभिनेताले अहिले साउथका सुपरस्टार रजनीकान्तलाई पनि उछिनेका छन् । अल्लु अर्जुन ट्विटरमा सबैभन्दा धेरै फलो हुने साउथ स्टार बनेका छन् ।

अल्लु अर्जुनको ट्विटरमा फलोअर्सको संख्या ६५ लाख नाघेको छ । यद्यपि पुष्पा स्टार अल्लुले कसैलाई पछ्याएका छैनन् । दोस्रो नम्बरमा सुपरस्टार रजनीकान्त रहेका छन् । जसको ६।१ मिलियन फलोअर्स छन् । रजनीकान्तले आफ्नी छोरी ऐश्वर्या रजनीकान्त, धनुष, अमिताभ बच्चन सहित २४ जनालाई फलो गर्ने गरेका छन् । यसपछि तेस्रो नम्बरमा चिरञ्जीवी छन् जसको १२ लाख फलोअर्स छन् । चिरञ्जीवीले पनि अल्लु अर्जुनजस्तै कसैलाई फलो गर्दैनन् भन्ने कुरा ध्यान दिन लायक छ ।

‘पुष्पा २’ को छायांकन मार्चबाट सुरु हुनेछ
हालैको एक अन्तर्वार्ताका क्रममा पुष्पा स्टारर रश्मिका मन्डन्नाले ‘पुष्पाः द राइस’ को पार्ट २ ‘पुष्पाः द रुल’ को छायाँकन मार्चबाट सुरु हुने बताएकी छन् । यो फिल्म यसै वर्षको डिसेम्बरमा रिलिज हुने बताइएको छ । अल्लु अर्जुन र रश्मिकाका अलावा फहद फासिल पनि फिल्ममा देखिनेछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्