किन यि कलाकारले इन्गेजमेन्ट गरेको झुटो चर्चा आफै चलाए ? सामाजिक सञ्जालमा हुँदैछ चर्को आलोचना




एजेन्सी । बुधवार साँझ देवोलिना भट्टाचार्य अर्थात् गोपी बहुले आफ्ना देवर विशाल सिंहसँग इन्गेजमेन्ट गरेको चर्चा थियो । विशालले देवोलिनालाई औँठी लगाइदिए र उनीहरुको प्रेमलाई आधिकारिक बनाए । दुबैले यसको तस्विर सामाजिक सञ्जालमा सेयर पनि गरेका थिए तर अहिले यो मजाक भएको खबर आएको छ ।

देवोलिना र विशालका फ्यानहरु यो सम्बन्धबाट निकै खुसी छन् । तर देवोलिना र विशालले फ्यानसँग ठट्टा गरे । यो कुरा उनको नयाँ भिडियोबाट थाहा भएको हो । दुबैले इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो सेयर गर्दै म्युजिक भिडियोको हिस्सा बन्न लागेको बताएका छन् । देवोलिना र विशालले थप भने, ‘जब पनि यस्तो हुन्छ, हामी तपाईलाई भन्नेछौं। हामी असल साथी मात्र हौ।’

देवोलिना भट्टाचार्जी र विशाल सिंह ट्रोल भएका छन्
दुबैको यो पब्लिसिटी स्टन्ट फ्यानलाई मन परेन र दुबैलाई चर्को ट्रोल गरिएको छ । एक प्रयोगकर्ताले लेखेका छन्– ‘मानिसको भावनासँग खेल्नु राम्रो होइन । एकजनाले लेखेका थिए– हामीले सोच्यौं की अहंकार गोपीमा लागेको छ । एकजनाले लेखे( के गर्दै छौ यार।।। गरिबको मन टुटेको छ।

वास्तवमा, विशाल सिंहले भर्खरै केही फोटोहरू सेयर गरेका छन् र क्याप्सनमा लेखेका छन् ‘यो आधिकारिक हो। जसको जवाफमा देवोलिनाले भनिन्, ‘हो, अन्त्यमा । म तिमीलाई माया गर्छु। त्यसपछि गायक अभिजित सावन्तसँगै सबै फ्यानले पनि जोडीलाई शुभकामना दिएका छन् ।

उल्लेखनीय छ, विशाल सिंह र देवोलिना भट्टाचार्जी स्टार प्लसको चर्चित सिरियल साथ निभाना साथियामा सँगै देखिएका थिए। तर, सिरियलमा विशाल सिंहको भाउजुको भुमिकामा देवोलिना देखिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्