मेयर बन्न चाहन्छिन् श्रृंखला खतिवडा, यस्तो छ उनको शहरी विकासको योजना



काठमाडौ । ब्युटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा भविष्यमा मेयर बन्न चाहन्छिन् । उनले आफुसंग मेयरले गर्ने सबै गुण र क्षमता रहेको बताउँछिन् । कलेज विदाका समयमा नेपाल फर्किएकी उनले केही सोसल मिडियामा कुरा गर्दै यस्तो बताएकी हुन् । उनले काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छन् ।

हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन्। उनी कलेज विदाको समयमा नेपाल आएकी छन् । क्रिश्मस र नयाँ वर्षमा कलेज विदा भएकाले उनी नेपाल आएकी थिइन् । सो क्रममा उनी केही सामाजिक सञ्जालमा सकृय थिइन् । सामाजिक सञ्जालमा संचालित एक कार्यक्रममा कुराकानी गर्ने क्रममा उनले आफुसंग भएको योजना सुनाएकी हुन् ।

भ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले आफुसंग मेयर भएर गर्ने सबै क्वालिटी र योजना भएको बताइन् । सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन्। साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ।

यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।तीन घण्टा लामो भिडियोमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरूबारे उनीहरूबिच कुरा भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्