केवल १६ सेकेण्ड माक्स फुकाल्दा तिर्नुपर्यो लाखौं जरिवाना



काठमाडौ । केवल १६ सेकेण्ड माक्स फुकाल्दा बेलायतका एक व्यक्तिले लाखौं जरिवाना तिर्नु परेको छ । केवल १६ सेकेण्डको लागि मास्क खोल्दा २ हजार पाउण्ड (करिब ३ लाख २३ हजार नेपाली रुपैयाँ) बराबरको जरिवाना तिर्नु परेको हो । अन्तराष्ट्रिय मिडियाका अनुसार उनी आफु माथि लगाएको जरिवाना विरुद्ध उभिएका छन् ।

क्रिस्टोफर ओ’टुले नाम गरेका ती व्यक्तिले इंगल्याण्डको प्रेस्कटमा बीएण्डएममा सामग्री खरिद गर्दा मास्क लगाएका थिए। तर, स्वास्थ्य अवस्था ठीक नभएको महसुस भएपछि केही सेकेण्डको लागि मास्क हटाएका थिए।

सोही क्रममा स्टोरमा रहेका एक प्रहरीले उनीसँग गएर मास्क नलगाएको भन्दै जरिवाना लगाए। लिभरपुलइको अनलाइन न्युज पोर्टलका अनुसार सुरुमा उनलाई १ सय पाउण्ड जरिवाना गरिएको थियो। तर, उनले इमेलमा स्पष्टीकरण दिँदै जरिवाना तिर्न अस्वीकार गरे। त्यसपछि उनलाई अर्को एक पत्र पठाइयो। जसमा उनको जरिवाना बढाइएको थियो।

क्रिस्टोफरले उक्त जरिवाना बराबरको आम्दानी आफ्नो समग्र एक महिनामा पनि नहुने बताएका छन्। अहिले यो मु द्दा बेलायतको अदालतमा पुगेको छ र अदालती प्रक्रिया चलिरहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्